STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक सय ३५ घरमा धारा, स्थानीयवासी हर्षित

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ७, मंगलबार

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर, बद्धचौर र जामुनेका १३५ घरधुरीलाई लक्षित गरी ‘बेलचौर लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना’ मार्फत प्रत्येक घर–घरमा खानेपानीको धारा पु¥याइएको खानेपानी आयोजना समितिका अध्यक्ष निमप्रसाद खनालले बताउनुभयो । “गाउँभन्दा २४० मिटर तल रहेको कालीगण्डकी नदी किनारमा डिप बोरिङमार्फत ७२० मिटर लामो पाइपबाट गाउँमाथि रहेको ट्याङ्कीमा पानी तानेर खसालिएको छ” समितिका अध्यक्ष खनालले भन्नुभयो, “गाउँभन्दामाथि एक लाख लिटर क्षमताको मुुख्य ट्याङ्कीमा पानी जम्मा गरेर ३५ वटा च्याम्बरमार्फत १३५ घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।” खानेपानी आयोजना सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारबाट रु दुई करोड २९ लाख, गल्याङ नगरपालिकाबाट रु १८ लाख र स्थानीयवासीको जनसहभागिता रु २० लाख ९१ हजार गरी कूल रु दुई करोड ६७ लाख ९१ हजारको लागतमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको अध्यक्ष खनालले बताउनुभयो । विसं २०७४ चैतबाट शुरु भएको आयोजना २०७६ असार मसान्तमा निर्माण सम्पन्न भई हिजो सोमबारबाट सञ्चालनमा आएको हो । “यहाँ खानेपानी तथा बस्तुभाउका लागि पानीको निक्कै समस्या थियो”, अध्यक्ष खनालले भन्नुभयो, “बिहानको समय पिउने पानी तथा बस्तुभाउका लागि पानीको जोहो गर्न समय छुट्ट्याउने स्थानीयवासीका लागि अब पिठँयूमा पानी बोक्नुपर्ने समस्या टरेर गएको छ भने फुर्सदको समयलाई अन्य उत्पादनमूलक कार्यका लागि खर्चिने भएका छन् ।”
Categorized in राष्ट्रिय