STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एक गोल फर्काए पनि नेपाल भारतसँग २-१ ले पराजित

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २०, आइतबार

काठमाडौं - भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । नेपालका तेज तामाङले ८६ औं मिनेटमा एक गोल फर्काए पनि त्याे जितकाे लागि पुग्न सकेन र नेपाल भारतसँग पराजित हुन पुग्यो ।

बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । 

दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो ।

भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।

 

Categorized in खेलकुद