STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एक्शन स्टार शिव श्रेष्ठ पनि सानो पर्दातिर

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र १६, बिहिबार

बलिउड का कतिपय कलाकारहरु समय समयमा सानो पर्दा मा देखिने गरेका छन् । विशेषगरी त्यस्ता स्टारहरु विभिन्न टेलिभिजन च्यानलका शोहरुमा देखिने गरेका छन् ।  ती मध्ये अमिताभ बच्चनको कौन बनेगा करोडपति र सलमान खानको बीग बोस् चर्चित रियालिटि शो हुन् भने अहिले आएर शाहिद कपुर , विजय सेतुपथि लगायतका स्टारहरु फर्जी नामक वेब सिरिजमा देखिएका छन् । नेपालमा पनि राजेश हमाल एउटा क्विज शो मा र करिश्मा मानन्धर मुन्द्रेको कमेडी शो मा देखा परिसकेका छन् ।

यस्तैगरी अहिले एक जमानामा एक्शन स्टार भनेर ख्याति कमाउनु भएका अभिनेता शिव श्रेष्ठ पनि सानो पर्दा तिर लम्कनु भएको खबर छ । हाल प्रकाशमा आएको एक जानकारी अनुसार अभिनेता शिव श्रेष्ठ किर्तिपुर मा रहेको बीजनेश दर्शन नामक टेलिभिजन च्यानल अन्तर्गतको अनलाइन संस्करणमा " शिवदाई ” नामक कार्यक्रमका सन्चालकका रुपमा देखिनु हुने भएको छ । उक्त च्यानल शिव श्रेष्ठ अभिनित एउटा यस्तो प्रेमकथा र बागमति चलचित्रका एक निर्माता दिनेश दर्शनधारी लगायतको लगानी रहेको छ । 

सो कार्यक्रममा अभिनेता श्रेष्ठले उहाँसंग परिचित सेलिब्रेटीहरू संग अन्तरंग कुराकानी गर्ने बताइएको छ । अहिले धमाधम शुटिङ्ग कार्य भइरहेको सो कार्यक्रम सम्भवतः वि सं २०८० बैशाख देखि प्रसारण मा आउने बुझिएको छ । 

https://youtu.be/kjGxIYfLpZE

Categorized in सिनेमा