STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकताकाे सम्भावना खाेज्दै प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक टुंगियाे

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २४, सोमबार

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकमा पार्टी एकताको प्रक्रिया जोगाउन सम्भावना खोज्ने विषयमा छलफल भएको छ ।

पेरिसडाँडामा बसेको बैठकपछि बाहिरिएका नेता रघुजी पन्तले संचारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै बैठकमा एकतालाई जोगाएर जाने सम्भावना खोजी गर्नेबारे छलफल भएको बताए ।

‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौँ । मैले पनि त्यही कुरा गरेँ' उनले भने 'अदालतको फैसालबाट नयाँ परिस्थिति आएको छ । अध्यक्ष कमरेड प्रचण्ड र ओलीजीले फेरि पनि कुराकानी गरेर यो एकतालाई अगाडि बढाउने सम्भावना छ भने त्यो सम्भावना पनि खोज्नु पर्छ भन्ने कुरा भयो ।’

उनले सर्वोच्चको फैसला बढी राजनीतिक प्रकृतिको भएको बताए । सर्वोच्चको फैसलापछि अब नयाँ ढंगबाट सोच्नुपर्ने नेताहरूले बताएका उनले बताए ।

‘मुलत: पार्टी एकता जुन ढंगबाट अघि बढेको थियो । त्यसलाई जोगाएर जान सकिन्छ भने सम्भावना खोजौँ भन्ने नै भयो’, पन्तले भने ।

Categorized in राजनीति