STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एउटै वडामा १३८ बालबालिका कुपोषित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३०, बिहिबार

दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।  तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो ।
“हाम्रो वडा नं ११ मा १३८ जना बालबालिकामा कुपोषण देखिएको छ”, उहाँले भन्नुभयो, “तर ४७ जना मात्रै सम्पर्कमा हुनुहुन्छ, अन्य बालबालिकाहरु कता हुनुहुन्छ, हामी कहाँ सम्पर्कमा आउनुभएको छैन ।” ४७ जनामध्ये निको भएका १३, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२, अन्य अस्पतालमा थप उपचारका लागि पठाएका सात तथा औषधि खाइरहेका पाँच जनाको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।  २०७४ साल चैत ७ गतेदेखि २०७६ जेठ २७ गतेसम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कूल ६ हजार ९०८ जना बालबालिका रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको हो ।
एघार वटा वडाको केन्द्र टरिगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका सम्पर्कमा आउन नसकेको बताउनुभयो । बाँकी आठ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिकाहरुको सङ्ख्या रहेको उहाँको भनाइ छ । कुपोषित बालबालिकाको यो सङ्ख्या चिन्ताजनक रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताउनुभयो । “अहिले एउटै वडामा देखिएको यो कुपोषणको समस्या निकै चिन्ताजनक विषय हो”, उहाँले भन्नुभयो । 
कुपोषणमा लागेका बालिकाहरु सम्पर्कमा नआउनुका कारण अध्ययन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।यसरी बालबालिका सम्पर्कमा नआउने अवस्था रहनुमा प्रोत्साहनको कमी हुन सक्ने यसका लागि अभिभावकलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय