STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एउटै रुखमा ३ किशोरी झुण्डिएको अवस्थामा भेटिए

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ८, आइतबार

काठमाडौं‍-  झापाको कचनकवल गाउँपालिकास्थित एक रुखमा ३ जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

कचनकवल वडा नं ५ पाठामारी बेल्लेगाउँ स्थित सुनकोशी चिया बगानको झिङ खोलाको किनारमा रहेको एउटै बयरको रुखमा तीन किशोरी सामूहिक झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  प्रारम्भिक अनुसन्धानबाट उनीहरुले आत्महत्या गरेको देखिएको प्रहरीकाे भनाइ छ ।

जिप्रकाका डीएसपी वसन्त पाठकका अनुसार यसरी मृत फेला परेका किशोरीहरुमा कचनकवल– ५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् । उनीहरु चिया बगानमा काम गर्ने मजदूर रहेको खुलेको छ ।

आज विहान ७.३० बजे झुन्डिएको अबस्थामा फेला परेका उनीहरु हिजो दिउँसोदेखि हराएका थिए। उनीहरू मध्ये दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अबस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको अनुमान लगाइएको छ ।

Categorized in अपराध-दुर्घटना