STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवकी बुहारीको निधन

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २९, मंगलबार

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर रोगका कारण निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवका छोरा अमरेन्द्र यादव र मनिषाको २०७२ वैशाख २९ गते विवाह भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् । काठमाण्डौ, २९ माघ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको क्यान्सर रोगका कारण निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवका छोरा अमरेन्द्र यादव र मनिषाको २०७२ वैशाख २९ गते विवाह भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् । – न्दृष्टि न्यूज डटकम
Categorized in राष्ट्रिय