STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकामा ६७६ सहित १४ सय ५९ जनामा संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३०, मंगलबार

काठमाडौं – दैनिक भेटिएकामध्ये अहिलेसम्मकै धेरैमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। यसअघि शुक्रबार एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो। मंगलबार काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५५५ जना,भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले निषेधाज्ञा खुकुलाे गरी सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोना संक्रमित पनि बढिरहेकाे देखिन्छ । यसैगरी कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्। प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ६४० रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्। क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा एक हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ५०२ पुगेको छ। मन्त्रालयका अनुसार १७४ जनाको आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
Categorized in राष्ट्रिय