STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपचुनाव ः दोहोरिएला वाम गठबन्धनको राप

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २८, मंगलबार

विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन । तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावमा होमिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एकलौटी जित हासिल पनि भयो । चुनावपछि एमाले–माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बन्यो । तीन दलको गठबन्धन दुईमा झ¥यो । क्षेत्र नं २ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनमार्चाका टेकबहादुर घर्तीको निधन भएपछि उक्त क्षेत्रमा आउँदो मङ्सिर १४ मा उपचुनाव हुँदैछ । दलहरु आन्तरिक तयारीमा जुटेका छन् । तिहारपछि चुनावी अभियानलाई तीव्र पार्दैछन् । उपचुनावको सरगर्मी शुरु भएसँगै विगतको वाम गठबन्धन राप कस्तो होला भन्ने प्रश्न राजनीतिक वृत्तमा उब्जिएको छ । वाम दलहरुले आ–आफ्नै तर्क अघि सारेका छन् । गठबन्धन जोगाउने कि तोड्ने भन्नेमा मत विभाजित छ । उपचुनाव केही स्थानमा मात्र हुने भएका कारण निर्वाचन क्षेत्र बाँड्ने सुविधा यसपालि वाम गठबन्धनलाई छैन । प्रदेशसभा सदस्यसँगै जिल्लाको बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपचुनाव हुनलागेको हो । प्रदेशसभा सदस्य र वडाध्यक्षमा एक÷एक पाउने गरी दुई दलबीच चुनावी तालमेल हुने सम्भावना ज्यादै न्यून छ । राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले विगतकै सहमति कायम हुनुपर्ने जिकिर गर्नुभयो । “दुई दलबीच सहकार्य गरेर चुनावी परिणाम निकालेको हो, विगतको सहमति तोडिएको छैन”, उहाँले भन्नुभयो, “पाँच वर्षका लागि हाम्रो उम्मेदवार जिताएको हो, अहिले पनि हामीले नै पाउनुपर्छ”, उहाँले भन्नुभयो । नेकपासँग घनिभूत ढङ्गको छलफल हुन बाँकी नै रहेको र राष्ट्रिय जनमोर्चाकै उम्मेदवार स्वीकारेर जाने कुरामा आफू विश्वस्त रहेको अध्यक्ष थापाको भनाइ छ । “गठबन्धनका विषयमा दुवै दलका केन्द्रीय नेतृत्व बसेर उपयुक्त निर्णय गर्लान्”, उहाँले भन्नुभयो, “हामी पनि माथिको निर्णय पर्खेर बसेका छौँ ।” गएको संसदीय चुनावमा पनि तत्कालीन नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चाका शीर्षस्थ नेता बसेर उम्मेदवारको भागबण्डा मिलाएका थिए । प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा एमाले, २ मा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ ९क० मा एमाले, ९ख० मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं २ ९क० माओवादी केन्द्र र ९ख० राष्ट्रिय जनमोर्चाले पाएको थियो । नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले गठबन्धन र उम्मेदवारबारे पार्टी केन्द्रले नै निर्णय गर्ने बताउनुभयो । “हाम्रा साथीहरुको कुरा एक्लै जितिन्छ भन्ने छ, राष्ट्रिय जनमोर्चासँग पनि राम्रो उम्मेदवार छैन”, उहाँले भन्नुभयो, “सुझाव तलबाट लिएर माथिबाटै निर्णय हुन्छ ।” उहाँले प्रसङ्ग चल्दा कुराकानी भए पनि उपचुनावलाई लिएर राजमोसँग औपचारिक वार्ता नभएको उल्लेख गर्नुभयो । अनौपचारिक छलफलका क्रममा राजमोका नेताले नेकपाले उपचुनावमा सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । काङ्ग्रेस बलियो प्रतिद्वन्द्वी भएका कारण गठबन्धन नबने दुवै वाम दलका लागि जित कठिन हुने कतिपय नेताहरु बताउँछन् । नेकपाका स्थानीय नेताहरु भने राजमोलाई सहयोग गरेर जाने कुरामा सहमत छैनन् । नेकपाभित्र एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । वाम दल एक्लाएक्लै चुनाव भिडेमा नेपाली काङ्ग्रेसलाई फाइदा पुग्ने एकाथरिको विश्लेषण छ । उपचुनाव हुने क्षेत्रमा काङ्ग्रेसको पनि बलियो पकड छ । नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे ‘अनिल’ ले वाम एकताको भावना जीवितै रहे पनि फरक पार्टीबीच सधैँभरि चुनावी गठबन्धन नहुन पनि सक्ने बताउनुभयो । “केन्द्रले निर्णय गर्ने हुँदा यसै भन्न सकिने अवस्था अहिले छैन”, उहाँले भन्नुभयो, “वाम दलसँग मिलेर जाने कुरामा हाम्रो पार्टी सकरात्मक छ ।” नेकपा र राष्ट्रिय जनमोर्चाबीच उपचुनाव हुने अन्य जिल्लामा पनि गठबन्धन बनाएर जाने सम्भावनालाई पनि नकार्न नसकिने नेताहरु बताउँछन् । दुवै दलका केन्द्रीय नेतृत्वबीच सहमति हुँदा बागलुङमा नेकपा या राजमोमध्ये जसले पनि उम्मेदवार पाउन सक्छ । गठबन्धन बनाएर चुनाव लड्दा गएको चुनावमा वाम दलले सजिलै जित निकालेका थिए । भारी मतान्तरमा काङ्ग्रेसका उम्मेदवारले हार व्यहोरेका थिए । उपचुनाव हुने क्षेत्र नं २ ९ख० मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीले ११ हजार ८८४ मत पाउनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको थियो । विरासत जोगाउनबाट चुकेको नेपाली काङ्ग्रेसले त्यसबेला वाम गठबन्धनविरुद्ध एक्लै चुनाव लडेको थियो । उक्त क्षेत्रमा हाल मतदाताको सङ्ख्या केही थप भएको छ । उपचुनावका लागि ३६ हजार ९२६ मतदाताको नामावली टुङ्गिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत चुनावमा ३३ हजार २४० मतदाता थिए । ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको निर्वाचन क्षेत्र नं २ ९ख० मा ४२ मतदानस्थल छन् । उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको गत वर्ष मङ्सिर २६ गते कमलपित्त रोगबाट ग्रसित भई निधन भएको थियो । यस्तै बडीगाड गाउँपालिका–२ मा वडाध्यक्षका लागि हुने उपचुनावका लागि पनि दलहरु आन्तरिक तयारीमा छन् । निर्वाचन क्षेत्र नं २ ९क० मा पर्ने उक्त वडामा गएको चुनावमा तत्कालीन नेकपा ९एमाले० का विष्णुप्रसाद भुसालले ६१४ प्राप्त गरी विजयी हुनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका होसियारसिंह थापाले ३२३ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाले ७३ र तत्कालीन माओवादी केन्द्रले जम्मा १० मत पाएको थियो । उक्त वडामा वाम दल एक्लाएक्लै चुनाव लडेका थिए । त्यस वडामा अहिले एक हजार ७७५ मतदाता छन् । मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१ गरी कूल ५० पदमा उपचुनाव हुँदैछ । उपचुनावका लागि २१ दल निर्वाचन आयोगमा दर्ता भई चुनाव चिह्नसमेत पाइसकेका छन् ।
Categorized in राजनीति