STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपकरणमा जापानी अनुदान

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १९, शुक्रबार

काठमाडौँ, १९ माघ/भक्तपुरस्थित श्रमिक महिला तथा बालबालिका कल्याण परिषद्लाई रु ८५ लाख बराबरका चिकित्सकीय उपकरण अनुदानस्वरुप प्रदान गर्ने भएको छ ।

यहाँस्थित जापानी राजदूतावासमा आज बिहान आयोजित एक कार्यक्रममा उक्त दूतावासका प्रमुख शिन्या माचिदा र परिषद्का अध्यक्ष रञ्जु नापितले हस्ताक्षर गर्नुभयो ।

अनुदानस्वरुप प्राप्त हुने रकमबाट एक्सरे, अल्ट्रासाउण्ड, एसिजीलगायत उपकरण खरिद गरी परिषद्को स्वास्थ्य केन्द्रमा जडान गरिनेछ ।

एक दशकअघि स्थानीय व्याँसीमा स्थापना भएको उक्त अस्पतालले महिला तथा बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

Categorized in राष्ट्रिय