उद्योगी तथा व्यापारीलाई कर शिक्षा
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार
यहाँका व्यापारीलाई कर शिक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ । जुम्लास्थित करदाता सेवा कार्यालयले जिल्लाका उद्योगी तथा व्यापारीलाई कर तिर्ने व्यवस्थासहित विभिन्न प्रक्रियाबारे जानकारी गराएको हो ।
उक्त कार्यालयका प्रमुख हिमालय बमले करको परिभाषा, कर सङ्कलनको व्यवस्था, करका प्रकारलगायत अन्य व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । कर नै राज्यलाई बलियो बनाउने आधार भएकाले कुनै पनि व्यवसायको कर तिर्न अनिवार्य रहेको र यसका लागि स्थायी लेखा नम्बर आवश्यक भएकामा सो अवसरमा जोड दिएको थियो । अन्तक्र्रियामा उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष रजवअलि मनियार र वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा लगायतले करका विविध विषयमा चर्चा गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


