STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उद्यमी बन्न थाले महिला 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

हाते बुनाई तालीम लिएका महिलाहरु उद्यमी बन्न थालेका छन् । कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट ऊनको हाते बुनाई तालीम लिएर उनीहरु उद्यमी बन्न थालेका हुन् । 
तालीममा सहभागी २० महिला अस्पताल रोड नजिकै टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने काममा व्यस्त देखिन्छन् । बिहान १० देखि साँझ ४ बजेसम्म उनीहरु टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने गर्छिन । जनजाति समुदायका १० र अन्य समुदायका १० गरी २० महिलाले सो काममा व्यस्त रहने गर्छन् । 
चैत ५ गतेदेखि शुरु भएका तालीम जेठ १० गते सकिने छ । तालीममा सहभागी सबै महिलाले व्यावसायिक बन्ने योजना बनाएका छन् । उद्यमी बन्नका लागि सोच र चिन्ता भएका ती महिलालाई निमा पुटिङ लामा र सरस्वती भारतीले सहजीकरण गरी रहनुभएको छ । तालीम अवधिमा महिलाले बुनेका मोजा, टोपी, गलबन्दी र स्वीटरले घरका भित्ता रङ्गिएका छन् । तयारी सामान निर्माणका लागि कर्णाली प्राविधिक शिक्षालय जुम्लाले सुइ र धागो उपलब्ध गराएको छ ।
महिलालाई आत्मनिर्भर बनाउन सीप सिकाइएको शिक्षालयले जनाएको छ । महिला र पुरुषले लगाउन मिल्ने स्वीटर, मोजा, गलबन्दी र टोपी जुम्लाको उत्पादन हो भनेर चिनाउने कर्णाली प्राविधिक शिक्षालयको लक्ष्य छ । ऊनको हाते बुनाई तालीमले आत्मनिर्भर हुनुका साथै आम्दानी लिन सक्ने सीप पाएको तालीममा सहभागी पेमा याङजोम लामाले बताउनुभयो । तालीमले महिलालाई व्यावसायिक बनाउने उहाँको भनाइ छ । महिलाका लागि तालीम उपलब्धिमूलक भएको बताउँदै अझ भविष्यमा व्यावसायिक उद्यमी बन्ने सोच रहेको लामाले सुनाउनुभयो ।
प्रशिक्षक निमा पुटिङ लामा र सरस्वती भारतीले स्वीटर, मोजा, गलबन्दी र टोपी बुन्ने सीप सिकाउनुभएको छ । दुवै जना प्रशिक्षकले साविकको महिला तथा बालबालिका कार्यालयबाट तीन महीने उद्यमशीलतासम्बन्धी तालीम लिएका हुन् । आफूले सिकेको सीपीने  तालीम लिएका हुन् ।
Categorized in बिजनेस