STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उत्तर कोरियाका राजदूत र कर्मचारीले नेपाल छाडे

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २४, शुक्रबार

काठमाडौं - नेपालस्थित राजदूतावास बन्द गरेर उत्तर कोरियाली राजदूत र दूतावासमा कार्यरत कर्मचारीहरू फर्किएका छन् ।

उत्तर कोरियाले नेपालसहित विभिन्न देशका राजदूतावास बन्द गर्ने निर्णयसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग बिदाइ भेट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग सोमबार राजदूत जो योङ मेनले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेट गरेको चौथो दिन शुक्रबार राजदूत जोसहितको टोलीले नेपाल छाडेको हो । 

नेपालमा कार्यरत राजदूत जोसँगै ७ जना कूटनीतिज्ञ र कर्मचारी थिए । उनीहरू हिमालय एअरलाइन्समार्फत काठमाडौंबाट बेइजिङ उडेका हुन् । बेइजिङबाट उनीहरू प्योङयाङ जानेछन् । राजदूत जोले दूतावास बन्द गरेर नेपाल छोड्न लागेको परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका थिए ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उत्तर कोरियाले दूतावास बन्द गर्ने निर्णय औपचारिक जानकारी गराइसकेको बताइन् । उत्तर कोरियाले नेपालसहित विभिन्न देशका राजदूतावास बन्द गर्ने निर्णय गरेको थियो ।

देशमा आर्थिक संकट परेको भन्दै राजदूतावास बन्द गर्ने निर्णय गरेको हो । नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

त्यही वर्ष उत्तर कोरियाले नेपालमा आफ्नो दूतावास खोलेको थियो । नेपालका लागि भने उत्तर कोरियाले भारतस्थित दूतावासले हेर्नेछ । नेपालस्थित उत्तर कोरियाली राजदूतावास बन्द गराउन पहिला अमेरिकाले पनि अनौपचारिक रूपमा नेपाल सरकारलाई सुुझाव दिने गरेको थियो । अहिले भने उत्तर कोरिया आफैँले बन्द गर्ने निर्णय लिएको हो ।

Categorized in राजनीति