STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ईपीएलको लागि बुकिङ खुल्ला

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ५, मंगलबार

काठमाडौं - आगामी शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चोथो संस्करणमा दर्शकले अनुमति पाउने भएका छन् ।

असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चल्ने प्रतियोगिताका लागि ईपीएलले टिकट मुल्य सार्वजनिक गरेर बुकिङसमेत खुला गरिसकेको छ । आयोजकले प्रभु पेमार्फत टिकट बुकिङसमेत खुला गरेको छ । प्रतियोगिताको पहिलो चरणको खेलका लागि सामान्यतर्फको टिकट दुई सय र भीआईपीतर्फको एक हजार रूपैयाँ तोकेको छ ।

काठमाडौंका सीडियो गोविन्द प्रसाद रिजालले यसका लागि ईपीएलले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको  बताए । सीडीओ रिजालले स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर सञ्चालनको अुनमति दिएकाे बताए ।

प्रशासनले खेल हुने स्थानको दर्शक क्षमताको करिब आधा जती दर्शक उपस्थित गराएर प्रतियोगिता सञ्चालन गर्ने अनुमति दिएको छ । प्रतियोगिता सुरु हुन चार दिन मात्र बाँकी रहँदा सबै फ्रेन्चाइजले टोली सार्वजनिक गरिसकेका छन् । 

पारस, वसन्त र दीपेन्द्रले इपिएल नखेल्ने

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् ।

इपिएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नाममा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन् । त्यस्तै काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण खेल्न नसक्ने भएका हुन् ।चोटका कारण दीपेन्द्र कम्तिमा चार हप्ता मैदान बाहिर रहने छन् ।

पारसले दुई महिना अघि नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । राष्ट्रिय टोलीबाट सन्यास लिएपनी घरेलु क्रिकेट खेल्ने बताएका थिए । वसन्त गत चैत देखि अमेरिका घरेलु क्रिकेट खेल्दै आएका छन् ।

विराटनगरको कप्तानी अब नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले गर्ने सम्भावना छ । विराटनगरले कर्णालीका युवा तीव्र गतिका बलर अनुज चनारालाई टोलीमा समेटेको छ । उनी पहिलो पटक फ्रेन्चाइज लिग खेल्ने छन् ।

Categorized in खेलकुद