STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ९, मंगलबार

काठमाडौं- साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान उपमेयर सुनिता डंगोल अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन साहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली बनाएर वार्ता गरिएको थियो ।

ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली वार्तामा सहभागी थियो ।

महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार व्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।

Categorized in उपत्यका