STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इलाम–२ मा ६० प्रतिशत मत खस्यो

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १६, आइतबार

इलाम - इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । शनिबार बिहान ७ बजेदेखि अपराह्न ५ बजे भित्र कूल मतदाता १ लाख १५ हजार ८८ मध्येबाट ६० प्रतिशत मत खसेको हो । यसहिसावल कूल खसेको मत ६९ हजार २८७ हुन आउँछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र अन्य २ जनाले मतदान गरेका छन् । राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी जम्मा १९ जना उम्मेदवार उपनिर्वाचनमा भिडेका थिए जसमा एमालेबाट सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बु र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् र मूख्य प्रतिस्पर्धा पनि यीनै ४ उम्मेदवारबिच हुने देखिएको छ ।

पहिचानर्लाइ मूल मुद्दा बनाएर अघि बढेका थेगिम र गत निर्वाचनमा लहर ल्याएको रास्वपाको चर्को चहलपहलले ईलाम–२को निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको थियो । 

यस निर्वाचनमा कांग्रेस र एमाले विगतको मत जोगाउने धुनमा थिए भने रास्वपा र पहिचानवादीको ध्येय कांग्रेस र एमालेको जनमतको जग हल्लाउनेमा थियो । एमालेबाट अध्यक्ष केपी शर्मा ओली इलाम–२ मा २ पटक पुगेपनि उसलाई सहयोग गर्ने घोषणा गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड भने इलाममा एकपटक पनि पुगेनन् । 

यस उप निर्वाचनमा रास्वपाको सिंगो शक्ति नै इलाम–२मा केन्द्रित रह्योभने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त्यहीँ अड्डा जमाए । अर्का महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले पनि दुई–दुई पटक इलाम पुगेर रुखमा मत माग्न भ्याए । पहिचानवादी उम्मेदवार थेगिमको पक्षमा धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आफ्नो सम्पूर्ण ताकत लगाए भन कलाकार र नागरिक अभियन्ताको पनि थेगिमले साथ पाए । एमाले र कांग्रेसको कमजोरीलाई क्यास गरेर चुनाव आफ्नो पक्षमा पर्ने रास्वपाको दाउ थियो भने कोशी प्रदेशको नामकरणको विद्रोहमा उत्रिएकाहरुको साथ पनि थेगिमले पाए । यस्तो रोचक प्रतिस्पर्धाले गर्दापनि ईलाम–२मा चर्कै प्रतिस्पर्धा भएको र सोही अनुसार मत खसेको आंकलन गर्न सकिन्छ । 

कांग्रेस र एमालेको असन्तुष्टहरुको मत रास्वपा र स्वतन्त्र उम्मेदवार थेगिमतर्फ जाने देखिएको छ । थेगिम लामो समय अध्यापन पेसामा संलग्न भई समाजमा राम्रो छवि बनाएका पात्र हुन् । आफ्नो प्रभाव क्षेत्रबाट उनले काँग्रेस र विशेषतः एमालेको मत राम्रैसँग काट्ने देखिएको छ । थेगिमलाइ फाल्गुनन्दका चेला धर्मगुरु आत्मानन्द लिङ्देनले समेत साथ दिएका छन् । जसबाट पहिचानवादीको पक्षमा राम्रै मत बढ्ने आंकलन गरिएको छ ।  थेगिमलाई जसपा र जनमुक्ति पार्टीको पनि साथ रहेको छ । 

खास गरी स्वतन्त्र उम्मेदवार थेगिमले फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिकाबाट धेरै आस गरेको छ भने चुलाचुली, इलाम, देउमाई र माङ्सेबुङमा आफू चम्कने आस रास्वपाले गरेको छ । काँग्रेस र एमालेले अस्तित्वको लडाईं लडिरहेको बेला रास्वपा र स्वतन्त्र उम्मेदवारको कडा टक्करले  निर्वाचन परिणाम कस्तो आउने भन्ने कौतुहलताका साथ सम्पूर्ण नेपालीको ध्यान इलाम–२ले खिचेको छ ।

Categorized in राजनीति