STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इन्डोनेसियामा ६।३ म्याग्नीच्युडको भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १०, आइतबार

इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् । “अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,” एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए । प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको उल्लेख नभएको समाचारमा जनाइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय