STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इन्डोनेशियामा यात्रुjवाहक जहाज दुर्घटना

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २६, आइतबार

इन्डोनेसियाकाे राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ । । जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजय एयरको बोइङ–७३७ विमान सम्पर्कविहीन भएकाे केही समयपछि नै दुर्घटनाग्रस्त भएको बताइएकाे छ ।

उक्त विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको उडानहरूको विवरण राख्ने वेबसाइट फ्लाइटरडारडटकमले जनाएकाे छ । जहाजमा चालक दलका १२ जना र ५० जना यात्रु रहेका बीबीसीले जनाएको छ ।

समाचार एजेन्सीहरूका अनुसार साे विमान उडिरहेकै बेला एक मिनेटभन्दा कम समयमै ३ हजार मिटर तल झरेको थियाे । यद्यपि यसबारे अनुसन्धान थालिएकाे बताइएकाे छ । स्थानीयहरूले केही व्यक्तिहरू पानीमा तैरिइरहेको देखिएको र उनीहरू जीवित हुने आशा क्षीण रहेको बताएका छन् ।

भारी वर्षा भइरहेका बेला उक्त उडान भएकाे र विमान समुद्रमा खसेकाे हुनसक्ने अनुमान गरिएकाे छ । विमानमा सवार यात्रुहरूकाे जीवितै उद्धार हुने सम्भावना न्यून रहेको बताइएकाे छ।

सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो रहेको छ । इन्डाेनेशियामा यसअघि पनि दुई ठूला यात्रुवाहक विमान दुर्घटना भएका थिए । पछिल्लाे पटक सन् २०१८ काे अक्टाेबरमा इन्डाेनेशियन लायन एयरकाे विमान समुद्रमा दुर्घटना हुँदा १ सय ८९ जनाकाे ज्यान गएकाे थियाे ।

Categorized in अन्तर्राष्ट्रिय