STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई १० लाख राहत घोषणा

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २२, सोमबार

काठमाडौं- सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोग स्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबारको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वदेश फर्कन चाहनेहरु लाई नेपाल वायु सेवा निगम र हिमालयन एअरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले यही असोज २० गते दक्षिण इजरायलको किबुच अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको अतिवादी समूह हमासले गरेको आक्रमणमा परी निधन भएका १० जनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै बैठकले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

बैठकले उक्त अकल्पनीय घटनामा निधन भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्दै मङ्गलबार राष्ट्रिय शोक घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताइन् ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयले इजरायलस्थित राजदूतावाससँग समन्वय गरी शव यथाशीघ्र नेपाल ल्याउने निर्णय गरेको छ ।

Categorized in राजनीति