STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इङ्ल्यान्ड र स्कटल्यान्डले अंक बाँडे

Janjati Khabar – एजेन्सी | २०७८ आषाढ ५, शनिबार

युरोकप २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा इङ्ल्यान्ड र स्कटल्यान्डले अंक बाडेका छन् । खेल बराबरीमा सकिएपछि दुबै टिमले १-१ अंक बाडेका हुन् ।

खेलमा इङ्ल्यान्डले बललाई आफ्नो नियन्त्रणमा राख्न सफल भए पनि कुनै गोल गर्न सकेन । तर, स्कटल्यान्डले भने गोलका लागि केही प्रहार गरेको थियो । तर, स्कटल्यान्डका कुनै पनि प्रहारले जाली चुम्न भने सकेन ।

स्कटल्यान्डसँग बराबरी खेलेको इङ्ल्यान्डले हासम्म ४ अंक बनाएको छ । यसअघि क्रोएसियलाई हराउँदै ३ अंक पाएको इङ्ल्यान्डले स्कटल्यान्डसँग बराबरी खेलेपछि १ अंक पायो ।

समूह ‘डी’मा इङ्ल्यान्ड तेस्रो स्थानमा छ ।

इङ्ल्यान्डसँग बराबरी खेलेको स्कटल्यान्डले भने यसअघि चेक रिपब्लिकसँग २-० ले पराजित भएको थियो । एक खेलमा हार र एक खेल बराबरी खेलेको स्कटल्यान्ड १ अंकसहित समूहको अन्तिम स्थानमा छ ।

Categorized in खेलकुद