STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आलेख ः ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास 

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २६, मंगलबार

दिनहुँ जसो चोक परिवर्तन, समय उस्तै उस्तै । नेपालगञ्ज बजारमा सवारी हाँकिरहेका चालकहरू भने अनौठो मानिरहेका हुन्छन् । कहिले पुप्पलाल चोक, कहिले धम्बोझी चोक त कहिले बी पी चोक । कहिले साँझ त कहिले बिहान । 
 
काठमाडाँैंका व्यस्त चोकहरूको ट्राफिक व्यवस्थापन जस्तै झल्को दिने गरी ट्राफिक व्यवस्थापनलाई तालीममा रहेका ट्राफिक प्रहरीले सघाइरहेका छन् । बाँकेमा सवारी साधनको सङ्ख्या बढिरहेकाले ट्राफिक व्यवस्थापन दिनप्रतिदिन कठिन बन्दै गइरहेको छ । 
अभ्यासमा रहेका ट्राफिक प्रहरीले पैदल यात्रुलाई जेब्राक्रसबाट कसरी पार गर्ने भन्ने तरीकासँगै चालक र सहयोगी चालक पनि ट्राफिक नियमहरूका बारेमा सिकाइरहेका हुन्छन् । त्यसो त यहाँका नागरिक भने ट्राफिक नियमप्रति अभ्यस्त भइसकेका छैनन् । 
ट्राफिक प्रहरीले अगाडि नबढ्न सङ्केत गर्दा पनि केही सवारीसाधन जेब्रा क्रसिङभन्दा अघि बढ्न खोज्छन् अनि, तालिमे ट्राफिक प्रहरीले नियम पढाउँछन् । धेरै अटेर गरी ट्राफिक नियम मिच्नेलाई केहीबेर रोकेर कारवाही पनि गर्छन् । 
युवा अधिकारकर्मी विशाल रानामगरले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ – “मेरो शहरमा ट्राफिक व्यवस्थापनको यो अभ्यास देखियो । अब चोकचोकमा रातो, पहेँलो, हरियो बत्ती ९ट्राफिक लाइट० देख्ने इच्छा छ । कहिले पूरा होला रु” 
उहाँले नेपालगञ्जमा सवारी चाप बढेको महशुस गर्दै थप्नुभयो – “अब हामीलाई रातो, हरियो र पहेँलोको आवश्यकता अर्थात् ट्राफिक लाइटको १” नेपालगञ्ज–कोहलपुर सडकखण्डको विस्तारपछि यो सडक खण्डमा सडक दुर्घटनाहरू पनि बढेका छन् । 
चार लेन सडकमा सवारी साधन हाँक्दा ध्यान नपु¥याउनु, लेन नियम थाहा नहुनु, नमान्नु र जथाभावी बाटो काट्नु सडक दुर्घटनाका प्रमुख कारणहरू रहेको युवा अधिकारकर्मी राना मगरको बुझाइ छ । 
उहाँले भन्नुभयो – “जबसम्म बाटो हिँड्नेहरू ट्राफिक नियम, लेन नियमका बारेमा सचेत भई त्यसको पालन गर्दैनन् तबसम्म नगर क्षेत्रमा हुने दुर्घटना न्यून हुन सक्दैन । ट्राफिक नियम पालना नभएको भनेर जरिवाना लिँदैमा ट्राफिक व्यवस्थापन चुस्त हुन सक्दैन ।” 
सडकमा सुरक्षित हिँड्डुल गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो । उहाँले भन्नुभयो – “सडक सुरक्षालाई प्रत्याभूत गर्नु राज्यको दायित्व हो । यो राज्यले प्रदान गर्नुपर्ने सार्वजनिक सेवा पनि हो । यसलाई व्यवस्थित बनाउन केही रणनीतिक कदम चाल्न जरुरी छ ।”
सवारीसाधनको बढ्दो चापलाई ध्यान दिएर आवश्यक ट्राफिक प्रहरी जनशक्ति जुटाई नियमित रूपमा यस्तो काम गरिएमा मात्र जनता अभ्यस्त हुन्छन् र ट्राफिक व्यवस्थापन पनि चुस्त बन्छ । सवारी नियम उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दै गएको समयमा तालीममा खटिएका ट्राफिक प्रहरीका कारण पनि केही हदसम्म समस्या समाधान भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले बताउनुभयो । ट्राफिक नियम अटेर गर्नेहरू पनि सचेत भएको उहाँले बताउनुभयो । 
“अभ्यासमा रहेका ट्राफिक प्रहरीले सबैलाई ट्राफिक नियमको पालना गराइरहेका छन्,” प्रहरी उपरीक्षक रोकायले भन्नुभयो – “ट्राफिक नियम नजानेर भन्दा अटेरीका कारण भएका दुर्घटना कम भएका छन् । मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या पनि घटेको छ ।”
तालीममा रहेका ट्राफिक प्रहरीहरू सवारी आवागमनलाई सहज बनाउन अभ्यासमा खटिएको प्रहरी उपरीक्षक रोकायले बताउनुभयो । उहाँका अनुसार केही दिनभित्रै नेपालगञ्जका सबै चोकमा ट्राफिक बुथ ९आइल्याण्ड० मार्फत ट्राफिक व्यवस्थापन गर्ने गरी काम भइरहेको छ । 
जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको बताउँदै ट्राफिक प्रहरीको थप दरबन्दीका लागि प्रयास भइरहेको उहाँले बताउनुभयो । हाललाई नेपालगञ्जका विभिन्न चोकमा साँझ र बिहान हातकै इशाराले भए पनि ट्राफिक व्यवस्थापन गर्ने काम हुँदैआएको छ ।
चैत महिनाभर चल्ने अभ्यासमा २४ जना ट्राफिक प्रहरी सामेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक ओम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अभ्यास सकिएपछि १० जना बाँकेमै रहने छन् । 
सबैले ट्राफिक नियमको पालना गरिदिए सवारी दुर्घटनामा कमी आउने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालगञ्जका साथै कोहलपुर क्षेत्रको ट्राफिक व्यवस्थापनमा पनि लागिरहेका छौं । केही दिनमै चौराहा आसपासका ठेलाहरू हटाउँछौं ।”
Categorized in राष्ट्रिय