STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आलिया भट्टलाई पुत्रीलाभ

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २०, आइतबार

 

काठमाडौं - बलिउडकी क्यूट अभिनेत्री आलिया भट्टले आइतबार मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी छन् । अभिनेत्री आलियाले आज पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

योसँगै आलिया र रणवीर कपूरको घरमा छोरी (लक्ष्मी)को जन्म भएको छ । डेलिभरीको समयमा आलियासँगै श्रीमान रणवीर कपूर पनि उपस्थित थिए । योसँगै रणवीर र आलिया एक छोरीको आमाबुवा बनेका छन् ।

अभिनेत्रीको डेलिभरी मुम्बईको एचएन रिलायन्स अस्पतालमा भएको थियो । आलिया भट्टले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै छोरीको बाबुआमा बनेको खुसीको खबर सार्वजनिक गरेकी छन् ।

आलिया र रणवीरको बच्चाको जन्म हुनेबित्तिकै नानी सोनी राजदान र हजुरआमा नीतु सिंह अस्पताल पुगेका थिए । परिवारमा नवजात शिशुको स्वागतको तयारी तीब्र रुपमा भइरहेको छ ।

अहिले सबैले सामाजिक सञ्जालमा यस जोडीलाई बधाई दिइरहेका छन् । अहिले फ्यानहरु सानो पुतली (छोरी)को पहिलो तस्वीर र नामको प्रतिक्षामा छन् ।

आलिया भट्ट र रणवीर कपुरले २०२२ को अप्रिलमा विवाह गरेका थिए । विवाहको सात महिना पूरा हुनुअघि नै आलियाले पहिलो सन्तानलाई जन्म दिएकी छिन् ।

Categorized in सिनेमा