relans
ni new 83
nib 2082 5

आमाको सम्मान गर्ने संस्कारलाई जीवन्त गर्नुपर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

उमेर ढल्किएर गएसँगै परिवार तथा समाजबाट टाढिएर  एक्लोपनमा जीउन बाध्य वृद्धवृद्धालाई  नेपाल गृहस्थ धर्म सेवा सदनले आश्रय दिँदै आएको छ । 
उक्त सदनले विभिन्न विभिन्न चाड पर्वमा भोजन तथा कपडा वितरण गर्दै आएकामा मातातीर्थ औँशीका अवसरमा कार्यविनायक मन्दिरमा सामाखुशी, रानीवारी, नयाँ बसपार्क, टाउनप्लानिङ तथा अन्य क्षेत्रका ५० वृद्ध तथा असहाय आमालाई भोजन तथा प्रसाद वितरण ग¥यो । उक्त सदनका अध्यक्ष आचार्य तुल्सीराम पोखरेलले हिन्दू धर्मग्रन्थमा आमाको उच्च स्थान रहेकाले मातातीर्थ  औँशीका अबसरमा यसवर्ष पनि वृद्धा आमाहरुलाई भोजन तथा प्रसाद प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । 
 
विश्व हिन्दू महासङ्घका राष्ट्रिय अध्यक्ष रामचन्द्र अधिकारीले  हिन्दू समाजमा आमाको विशेष महत्व रहेको र आमालाई पुज्न सकेमात्र परिवार, समाज तथा देशको हित हुने बताउनुभयो ।स्थानीय समाजसेवी महेश्वरकुमार श्रेष्ठले सामाखुशी क्षेत्रमा युवापुस्तालाई पनि धार्मिक क्षेत्रमा आकर्षित गर्नाका साथै जीवनको उत्तरार्धमा पुगेका बृद्धबृद्धामा सेवाभाव जागृत गराउने कार्य गर्दै आएको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय
ppp 2