STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आदित्य एल-१ ले खिच्यो सेल्फी, एउटै फ्रेममा पृथ्वी र चन्द्रमा

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र २१, बिहिबार

एजेन्सी - भारतले सूर्यको अध्ययन गर्न प्रक्षेपण गरेको आदित्य एल–१ ले खिचेको सेल्फी भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो) ले सार्बजनिक गरेको छ ।

आदित्य एल – १ ले सेप्टेम्बर ४ मा सेल्फी तथा एउटै फ्रेममा पृथ्वी र चन्द्रमा को तस्बीर खिचेको भन्दै इसरोले विहिबार सार्बजनिक गरेको छ ।

सुर्यको थप अध्ययन गर्ने मिशन अन्तर्गत भारतले आदित्य एल(१ यहि भदौं १६ गते प्रक्षेपण गरेको थियो ।

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल–१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो) ले जनाएको छ ।

Categorized in विज्ञान-प्रविधि