STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आत्मदाह गरेका युवकले उठाएका विषय छानबिन हुने

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ११, बुधबार

काठमाडौं - सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले फेसबुक स्टाटसमार्फत उठाएका विषयमा छानबिन गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विषयबारे छानबिन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको छ ।

मंगलबार आचार्यले संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयासपछि घाइते भएका उनलाई उपचारका लागि कीर्तिपूर अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको थियो ।

मन्त्रिपरिषद्ले आचार्यका मृत्युका कारणबारे छानबिन गरेर चाँडो प्रतिवेदन तयार पार्न पनि गृह मन्त्रालयलाई जिम्मा दिएको छ । साथै, आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिमा गृह मन्त्रालयलाई दिएको छ ।

आत्मदाहअघि आचार्यले आफूले आत्मदाह गर्नुको कारणबारे लामो स्टाटस लेखेका छन् । उनले देशको राजनीतिक अवस्था, चौतर्फी परिबन्दमा पर्नुपर्ने बाध्यता, असफलता र भोग्नपुरेको नियतीबारे आफ्नो स्टाटसमा लेखेका छन् ।

Categorized in राष्ट्रिय