STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आठ जना बाल प्रतिभालाई ‘नइ बाल पुरस्कार’

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २२, मंगलबार

नेपालको साहित्यिक क्षेत्र एवं सामाजिक क्षेत्रको उन्नयन मा सकृय प्राज्ञिक संस्था  नइ प्रकाशनले आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने ४ वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । 

‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना, खेलकुदतर्फ आहाना कार्की छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् । 

यसैगरी नृत्यमा नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि सात हजार र पाँच हजार रूपियाँ रहेका छन् । 

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । 

आगामी चैत ३० गते काठमाडौंमा २०७९ सालका सम्पूर्ण नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेको कुरा सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ ।

Categorized in साहित्य-कला