आज सार्वजनिक बिदा
Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १८, सोमबार
सरकारले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। "इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ," गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।



