STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज सपनतीर्थ मेला

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १, बिहिबार

काठमाडौँ - काठमाडौँको टोखास्थित सपनतीर्थमा हरेक नयाँ वर्षको पहिलो दिन लाग्ने सपनतीर्थ मेलामा यसपटक पनि श्रद्धालुको घुँइचो लागेको छ ।

आज वैशाख १ गते बिहानैदेखि श्रद्धालुहरुको घुँइचो लागेको छ भने पोखरीमा स्नान गर्नेहरुको पनि भीड छ । छालासम्बन्धी सबै रोगबाट मुक्ति पाउने विश्वासका साथ सपनतीर्थ पोखरीमा स्नान गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

नयाँ वर्षको स्वागत आफ्नै मौलिक शैलीमा यहाँ मेला तथा जात्रा मनाउने चलन छ । टोखावासीले सपनतीर्थ मेलासँगै ऐतिहासिक विस्केट जात्रा पनि मनाउन सुरु गरेका छन् । टोखाको विस्केट जात्रा वैशाख १ गते सुरु भई वैशाख ४ गतेसम्म मनाउने गरिन्छ ।

Categorized in उपत्यका