relans
ni new 83
nib 2082 5

आज शहीद दिवस

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १६, शुक्रबार

काठमाडौं – प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएकाे थियाे ।

Categorized in राष्ट्रिय
ppp 2