STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन १९, बुधबार

 

काठमाडौं - अहिले नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले अहिले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।

महाशाखाले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाले बुधबार दिउँसोको मौसम सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसम पूर्वानुमान

२०७९ असोज १९ गते (बुधवार)

दिउँसो – देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश–१ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति– प्रदेश–१ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षा तथा मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Categorized in स्वास्थ्य-मौसम