STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ७, मंगलबार

काठमाडौं - मंगलबार कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली  र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Categorized in विज्ञान-प्रविधि