STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजबाट नयाँ लघुवित्तकाे आइपीओ खुल्दै

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १८, बुधबार

काठमाडौं - शेयर बजारका साना लगानीकर्ताका लागि आजबाट एक राम्रो आइपीओ खुल्दै छ । साउन १८ अर्थात बुधबारदेखि अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्न लागेको हो ।

यस आइपीओमा प्रतिशेयर १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी हुन लागेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ । यस आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै २२ गतेसम्ममा मागजति आवेदन नपरे १ गतेसम्म आवेदन दिन सकिने छ ।

Categorized in बिजनेस