STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजदेखि थापाथली कार्यालयबाट एमालेकाे पार्टी सञ्चालनमा

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ९, बिहिबार

काठमाडौँ - नेकपा एमालेको पार्टी सञ्चालन थापाथलीमा रहेको कार्यालयबाट सुरु भएको छ ।

बिहीबार लेलिन दिवसको अवसर पारेर थापाथलीमा रहेको भाडाको घरबाट कार्यालय सञ्चालन भएको हो ।

२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने गरि क्षति गरेपछि कार्यालय सञ्चालन पासाङ ल्यामु प्रतिष्ठान रहेको धुम्बाराहीको भवनबाट हुँदै आएको थियो ।

बिहीबार बिहान पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथली कार्यालय पुगि कार्यालयको उद्घाटन गरे ।

कार्यालयमा पार्टी पदाधिकारीहरुको छुट्टाछुट्टै बस्ने व्यवस्था, बैठक कक्ष, गाडीहरुको लागि प्रयाप्त पार्किङ्गको सुविधा रहेको छ ।

प्रधानमन्त्री ओलीले बल्खुमा पार्टी कार्यालयको भवन शिलान्यास पनि गरे । बल्खुको पार्टी कार्यालय नबनुन्जेल यसै कार्यालयबाट पार्टीको काम कारबाही हुनेछ ।

Categorized in राजनीति