STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आगलागीबाट करिब रु ५० लाखको क्षति

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण १५, मंगलबार

काठमाडौँ, पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचातलामा रहेको भान्साका सामग्री, फर्निचर, कम्प्युटरलगायत वस्तु नष्ट भएको जानकारी दिनुभयो । उक्त घटनामा मानवीय क्षति भने भएको थिएन । आगो नियन्त्रणमा लिन घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका थिए भने काठमाडौँ उपत्यकाका चारवटा दमकल प्रयोग गरिएको थियो । सो संस्थाबाट उच्च शिक्षाको अध्ययन पूरा गरेका विद्यार्थीलाई विभिन्न मुलुकमा थप अध्ययनका लागि आवश्यक परामर्श तथा अध्यापनको कार्य गरिँदै आएको थियो ।

Categorized in अपराध-दुर्घटना