STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आउँदो फागुन महिनामा स्थानीय तहको निर्वाचन सकाउने प्रधानमन्त्रीकाे घोषणा

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १०, शुक्रबार

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले फागुनभित्रै स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका हुन् ।

स्थानीय तहको निर्वाचन पाँच–पाँच वर्षको अन्तरमा हुनुपर्छ । तर, सरकारले आवश्यक ठाने पाँच वर्षअघि पनि स्थानीय तहको निर्वाचन गराउन सक्छ । यसअघि स्थानीय तहको निर्वाचन ०७४ वैशाखदेखि असोजसम्मसम्म तीन चरणमा भएको थियो ।

Categorized in राजनीति