STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आइपिएल : पन्जाब र राजस्थान लिग चरणबाट बाहिरियाे

Janjati Khabar – एजेन्सी | २०७७ कार्तिक १७, सोमबार

राजस्थान रोयल्स र  किंग्स इलेभेन पन्जाब इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा लिग चरणबाटै बाहिरिएको छ । 

जारी आइपिएलमा राजस्थान बाहिरिने तेस्रो टोली हो । यसअघि किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्स बाहिरिसकेका छन् । मुम्बई शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगि सकेको छ ।

आईतबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलको लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकातासँग ६० रनले पराजित हुँदै लिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो ।

यो जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ । कोलकाताले प्ले अफमा स्थान बनाउन मंगलबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्ससँगको खेलको नतिजा पर्खिनु पर्छ । उक्त खेलमा हैदराबाद विजयी भए नेट रन रेटको आधारमा निर्धारण हुने छ । हैदराबाद पराजित भएमा कोलकाता प्ले अफमा पुग्ने छ ।

जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रन बनायो । कोलकाताका प्याट कमिन्सको उत्कृष्ट बलिङ सामु राजस्थानका कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

पहिलो ओभरको अन्तिम बलमा रोबिन उथप्पालाई प्याट कमिन्सले कमलेश नगरकोटीबाट ६ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । तेस्रो ओभरको पहिलो बलमा विकेटकिपर दीनेश कार्तिकले उत्कृष्ट क्याच लिएपछि बेन स्टोक्स १८ रनमा पेभिलिएन फर्किनु परेको थियो । स्टोक्सले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

शिवम माभीको चौथो ओभरको तेस्रो बलमा सन्जु स्यामसन कार्तिकबाट एक रनमा क्याच आउट हुन पुगेपछि राजस्थान समस्यामा परेको थियो । कमिन्सले पाँचौ ओभरको अन्तिम बलमा रियान परागलाई शून्यमा कार्तिकबाट क्याच आउट गराए ।

राहुल टेवाटिया २७ बलमा २ चौका र १ छक्का सहित ३१ रनमा क्याच आउट भए । जस बटलर २२ बलमा ४ चौका र १ छक्का सहित ३५ रनमा क्याच आउट भए । स्पिनर बरुण चक्रबर्तीको ११ औं ओभरको चौथो बलमा कमिन्सबाट बटलर क्याच आउट हुन पुगेका थिए । तल्लोक्रमका ब्याट्सम्यानले पनि राम्रो प्रर्दशन गर्न सकेनन् । जोफ्रा आर्चर ६, कार्तिक त्यागी २ रनमा आउट हुँदा श्रेयस गोपालले २३ रन जोडे ।

प्याट कमिन्सले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रबर्तीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शिवम माभीले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट हात पारे । कमलेश नगरकोटीको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन कप्तान ओईन मोर्गनले ३५ बलमा ५ चौका र ६ छक्का सहित ६८ रनको अविजित कप्तानी इनिङ खेले ।

कोलकाताका ओपनर नितेश राणा जोफ्रा आर्चरको पहिलो ओभरको दोस्रो बलमै सन्जु स्यामसनबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ७२ रनको साझेदारी गरेका थिए । स्पिनर राहुल टेवाटियाको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका गिल मिडविकेटमा जस बटलरबाट ३६ रनका क्याच आउट हुन पुगेका थिए । गिलले २४ बलमा ६ चौका प्रहार गरे । अन्तिम बलमा ठूलो सट खेलेका सुनिल नारायण बेन स्टोक्सबाट क्याच हुँदै खाता नखोली पेभिलिएन फर्के ।

स्पिनर श्रेयस गोपालको १२ औं ओभरको अन्तिम बलमा त्रिपाठी रोबिन उथप्पाबाट ३९ रनमा क्याच आउट हुन पुगे । त्रिपाठीले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । टेवाटियाले १३ औं ओभरको तेस्रो बलमा दीनेश कार्तिकलाई कप्तान स्टिभ स्मिथबाट शून्यमा क्याच आउट गराए ।

त्यसपछि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गरेका थिए । तर रसेलले क्रिजमा धेरै समय बिताउन सकेनन् । कार्तिक त्यागीको १६ औं ओभरको तेस्रो बलमा लगातार तीन छक्का प्रहार गर्ने धुनमा रसेल वैकल्पिक फिल्डर डेभिड मिलरबाट २५ रनमा समातिन पुगे । रसेलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गरे । प्याट कमिन्स ११ बलमा १ छक्का सहित १५ रनमा क्याच आउट भए ।

स्पिनर राहुल टेवाटियाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । स्पिनर श्रेयस गोपालले ३ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

पन्जाब पनि लिग चरणबाटै बाहिरिए

यसैगरी आइतबार साँझ शेख इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाब लिग चरणबाटै बाहिरिएको छ । स्टेडियम आबुधाबीमा सम्पन्न खेलमा चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आईपीएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो ।

चेन्नई यसअघि नै आइपिएल इतिहासमा पहिलोपटक लिग चरणबाट बाहिरिसकेको थियो । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै सुखद अन्त्य गरेको हो ।

युवा ब्याट्सम्यान रितुराज गायकवाड ४९ बलमा ६ चौका र १ छक्का सहित ६२ रनमा अविजित रहे । रितुराजको यो लगातार तेस्रो अर्ध शतक हो । अम्बाती रायुडु ३० बलमा २ चौका सहित ३० रनमा अविजित रहे । ओपनर फाफ डु प्लेसिस ३४ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा क्याच आउट भएका थिए ।

चेन्नईका ओपनर फाप डु प्लेसिस र रितुराज गायकवाडले पहिलो विकेटका लागि ९.५ ओभरमा ८२ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी क्रिस जोर्डनले फाप डु प्लेसिसलाई कप्तान राहुलबाट क्याच गराउँदै तोडेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । दीपक हुडाले हुडा ३० बलमा ३ चौका र ४ छक्का सहित ६२ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । क्रिस जोर्डन ४ रनमा अविजित रहे ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र कप्तान लोकेश राहुलले राम्रो सुरुवात दिलाएका थिए । छैटौं ओभरको दोस्रो बलमा लुन्गी एनगिडीले अग्रवाललाई बोल्ड आउट गर्नुअघि ४८ रनको साझेदारी गरेका थिए । अग्रवालले १५ बलमा ५ चौका सहित २६ रनमा बोल्ड आउट भए । राहुललाई एनगिडीले नवौं ओभरको तेस्रो बलमा २९ रनमा बोल्ड आउट गरे ।

राहुलले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दुई ओभर पछि निकोलस पुरन २ रनमा क्याच आउट भएपछि पन्जाब समस्यामा परेको थियो । शार्दुल ठाकुरको ११ औं ओभरको चौथो बलमा पुरन धोनीबाट समातिन पुगेका थिए । पुरन आउट भएको अर्को ओभरमा अर्का प्रमुख ब्याट्सम्यान क्रिस गेल १२ रनमा एलबिडब्लू आउट भए । १९ बल खेलेका गेललाई इमरान ताहिरले १२ औं ओभरको पाँचौ बलमा एलबिडब्लू आउट गरेपछि चेन्नईले खेलमा पकड जमाएको थियो ।

पन्जाबका तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न नसकेपछि मध्यम योगफलमा समेटिएको हो । १७ औं ओभरको दोस्रो बलमा मन्दीप सिंहलाई रविन्द्र जडेजाले १४ रनमा बोल्ड आउट गरे । मन्दीपले १५ बलमा १ चौका प्रहार गरे । जेम्स निसम २ रनमा क्याच आउट हुन पुगे । एनगिडीको बलमा ठूलो सट खेलेका निसम डीप मिडविकेटमा रितुराज गायकवाडले उत्कृष्ट क्याच लिएका थिए ।

चेन्नईका तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरको नाममा एक विकेट रह्यो ।

मुम्बई शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । चेन्नई र पन्जाब बाहेक अन्य पाँच टोली मध्य तीन टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

Categorized in खेलकुद