STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आइपिएल अक्सनमा ८ नेपाली खेलाडी

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २४, शनिबार

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् ।

आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । अक्सनको दर्तामा सहभागी खेलाडीहरु १ हजार ९७ जना रहेका छन् ।

यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् । नेपालबाट ८ खेलाडी अटाएका छन् । तर कुन कुन खेलाडी छन् भन्ने खुलाइएको छैन ।

अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । एसोसिएट २७ मध्य नेपालबाट मात्रै ८ खेलाडी परेका हुन् । आइपिएल अक्सनमा ६१ खेलाडी बिक्ने छन् । एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ । जसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी रहेका छन् ।

एसोसिएटबाट सर्वाधिक ९ खेलाडी यूएईका छन् । टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् । नेदरल्यान्ड्सबाट एक, स्कटल्यान्डबाट ७, युएईबाट ९ र अमेरिकाबाट २ खेलाडी अक्सनमा छन् । अफगानिस्तानबाट ३०, अष्ट्रेलियाबाट ४२, बंगलादेश ५, इंग्ल्यान्ड २१, आयरल्यान्ड २, न्युजिल्यान्ड २९, दक्षिण अफ्रिका ३८, श्रीलंका ३१ र वेस्टइन्डिजबाट ५६ खेलाडी छन् ।

यसअघि ३ संस्करणमा लगातार दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीपलाई यस सिजनका लागि फुकुवा गरिसकेको छ । सन्दीपले दिल्लीबाट तीन सिजन बिताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

Categorized in खेलकुद