
अस्पतालको अभावमा स्वास्थ्य परीक्षण गर्न दुई घण्टा रामेछापमा सकस
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ जेठ १७, बिहिबार

केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । राजधानी काठमाडौंबाट करिब ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य चौकीमा स्त्रीरोग, दाँत, आँखा, जनरल फिजिसियन तथा फिजियो थेरापी सेवा संलग्न गरी शिविर सञ्चालन गरेको थियो ।
स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले ग्रामिण भेगमा भौगोलिक असहजताको कारणले अपेक्षित सेवा दिन असमर्थ रहेको स्वीकारे । हुनपनि पालिकाभर रगत, छाला, आँखा, दाँत आदिको ल्याब परीक्षण हुँदैन । ससानो स्वास्थ्य समस्याको लागि स्थानियबासी दुई घण्टाको बस यात्रा तय गरेर काभ्रेको धुलिखेल अस्पताल पुग्न बाध्य छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरेका थिए । तर शिलान्यास भएको अस्पताल सुनापति गाउँपालिकामा बनिसकेको छैन । अस्पतालको भौतिक संरचना शिलान्यास भएर पनि अपेक्षित काम नहँुदा सुनापतिका स्थानियबासी असन्तुष्टि व्यक्त गर्छन् ।
रामेछापको सुनापति गाउँपालिका राजधानीबाट नजिकै रहेपनि विकास निर्माण तथा भौतिक सुविधाको दृष्टिले दुर्गम पालिका हो । पालिकामा स्वास्थ्य सेवा दिन तथा स्वास्थ्य सम्बन्धिको जनचेतना जागृत गर्नको लागि संघले एकदिने शिविर सञ्चालन गरेको कार्यक्रमका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जनाए ।
काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा सम्पन्न भएको स्वास्थ्य शिविरलाई संघ अन्तर्गत युवा उपसमिति र स्वास्थ्य उपसमितिले संयोजन गरेको थियो । शिविरमा सहभागी भएका लाभग्राहीहरुले दुई घण्टा हिंडेरै पनि स्वास्थ्य चेकजाँच गराएको श्री मानन्धर सेवा समाजमा अध्यक्ष चक्र बहादुर मानन्धरले जनाए । शिविरमा ४५४ जना बिरामीहरुले नाम दर्ता गराएर सेवा लिएको उहाँले जनाए । अधिकांस सेवाग्राही बिरामी मध्ये एकैजनाले आँखा, दाँत तथा जनरल फिजिसियन सेवा लिएका थिए । बिहान ८ बजेदेखि नाम दर्ता सुरु गरिएको शिविर बेलुकी ७ बजे सकिएको थियो । स्वास्थ्य शिविर कार्यक्रममा सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, सुनापति गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चित्र बहादुर मानन्धर तथा गाउँपालिकाका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।
शिविरको लागि काठमाडौंदेखि तीनदिने स्वास्थ्य शिविर भ्रमणमा जाने टोलीको सुची :
१) मनोज कुमार मानन्धर । निवर्तमान सभापति, केन्द्रीय मानन्धर संघ ।
२) गोपाल कृष्ण मानन्धर । पूर्व सभापति, केन्द्रीय मानन्धर संघ ।
३) गजेन्द्र मान मानन्धर । सचिव, केन्द्रीय मानन्धर संघ ।
४) राजेन्द्र मानन्धर । कोषाध्यक्ष, केन्द्रीय मानन्धर संघ ।
५) कृष्ण बहादुर मानन्धर । सहायक सचिव, केन्द्रीय मानन्धर संघ ।
६) तुलसीकाजी मानन्धर । सहायक सचिव, केन्द्रीय मानन्धर संघ ।
७) प्रकाश बहादुर मानन्धर । सहायक कोषाध्यक्ष, केन्द्रीय मानन्धर संघ ।
८) गजेन्द्र प्रसाद मानन्धर । संयोजक युवा उपसमिति, केन्द्रीय मानन्धर संघ ।
९) किरण कुमार मानन्धर । सदस्य, केन्द्रीय मानन्धर संघ ।
१०) सुशीला मानन्धर । सदस्य, केन्द्रीय मानन्धर संघ ।
११) कृष्ण काजी मानन्धर । संयोजक, सञ्चार उपसमिति केन्द्रीय मानन्धर संघ ।
१२) राजु मानन्धर । सदस्य, सञ्चार उपसमिति केन्द्रीय मानन्धर संघ ।
१३) विश्वराम मानन्धर । सदस्य, युवा उपसमिति केन्द्रीय मानन्धर संघ ।
१४) नलिनी मानन्धर । सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१५) हनी मानन्धर । सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१६) रमिला मानन्धर । सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१७) मन्जु मानन्धर । सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१८) रचना मानन्धर । सदस्य, महिला विकास उपसमिति केन्द्रीय मानन्धर संघ ।
१९) सुरेश श्रेष्ठ । क्यामेरा पर्सन तथा सञ्चारकर्मी ।
प्राविधिक टोलीको सुची :
१) डा. सन्तोष मानन्धर । कन्सल्टेन्ट फिजिसियन ।
२) डा. मिना प्रधान । स्त्रीरोग विशेषज्ञ ।
३) डा. आशिस राज पन्त । आँखा रोग विशेषज्ञ ।
४) डा. उपमा कार्की । डेन्टल सर्जन ।
५) हर्सिता थापा । अप्टोमेट्रिस्ट ।
६) प्रतिमा घिसिङ । अप्टोमेट्रिस्ट ।
७) ईमी श्रेष्ठ मानन्धर । डेन्टल असिस्टेन्ट ।
Categorized in राष्ट्रिय