STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असन डेरा गरी बस्ने चौधरीको हत्या

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ९, आइतबार

९ माघ, काठमाडौं – काठमाडौं २७ वडा असन नासःननि टोलमा डेरा गरी बस्ने विजय चौधरीको हत्या भएको छ ।

शनिबार नवलपरासी रामग्राम नगरपालिका ९ वडा पिपरहिया र जोकवारी सडक खण्डमा हत्या पछि फालिएको अवस्थामा चौधरीलाई प्रहरीले भेटाएको थियो ।

चौधरीको हात बाँधी मुखलाई कपडाले छोपेको अवस्थामा फालिएको प्रहरीले जनाएको छ ।

करिब ४० वर्षका चौधरी परिवारसँग असनमा हार्डवेयर पसल खोली बसिरहेका थिए ।

 

एक इन्भेष्टमेन्ट कम्पनीले आफूलाई ठगेको बताउँदै ठगी रकम फिर्ता लिन चौधरी लागिपरेका थिए । यस हत्याको पछाडि पनि आर्थिक कारोबार नै हुनुपर्ने अनुमान प्रहरीले गरेको छ ।

चौधरीका पिता तुलसी चौधरीले आफ्नो छोराको हत्या भएको र सनाखत भइसकेको जनजातिखबरका प्रतिनिधिलाई बताएका छन् । हाल आफूहरु नवलपरासीमै रहेको, प्रहरीले पोष्टमार्टमपछि शव दिने भएकाले अहिलेसम्म अन्तिम संस्कार नभएको चौधरीले बताए ।

मृतक चौधरीलाई असनका धेरैले चिनेका र करिब चार वर्षअघि उनको छोरा अपहरणमा परेका थिए । प्रहरीको सहयोगमा उनको छोरालाई अपहरणकारीबाट बचाउन सकेको थियो ।

मृतक चौधरीका जहान, आमाबुवा र काका अहिले पनि असनमै डेरामा बस्दै आइरहेका छन् ।

Categorized in अपराध-दुर्घटना