STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असनको कोथुननी बचाउन माग गर्दै १५ हजार हस्ताक्षर गुथि सस्थानलाई बुझाउने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १८, शनिबार

असनस्थित करीब ६०० वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरिएको छ । गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन् । हस्ताक्षर सङ्कलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा संरक्षणका लागि स्थानीयवासी लाग्नुपर्नेमा जोड दिनुभयो । “इण्डोनेसियाको बालीमा रहेका हिन्दू मन्दिरकै कारण वार्षिक लाखौँ पर्यटक घुम्न जाँदा रहेछन्, हिन्दू मन्दिरको त्यहाँ संरक्षण भएको छ, मन्दिरै मन्दिरको शहर काठमाडौँका मन्दिर, विहारजस्ता सांस्कृतिक सम्पदा मास्न खोजिँदैछ, यसलाई रोकेर पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य वसन्त मानन्धर, अभियानकर्मी उमेश स्थापित, असन कोथुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीलगायतले भदौ ११ गते असनमा जम्मा भई जुलुससहित सङ्कलित हस्ताक्षर गुठी संस्थानमा बुझाइने जानकारी दिनुभएको थियो । हस्ताक्षर काठमाडौँ महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत बुझाइने जनाइएको छ । संस्थानले विहार भत्काई भवन बनाउन ठेक्का लगाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।
Categorized in उपत्यका