STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अलँैंची खेतीमा किसानको आकर्षण

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १२, मंगलबार

पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताउनुभयो । उहाँले भन्नुभयो “अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो बढी मेहनेत पनि नगर्नु पर्ने भएकाले यसको आकर्षण बढेको हो ।” ‘खोल्सीको कालो सुन’ अलैँची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैंँचीको विस्तार गर्न थालिएको जोरायल गाउँपालिका ५ का अर्का अलैँची किसान शेरबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “अलैँची लगाउन ठूलो केही चाहिँदैन, सामान्यतया पानी हुने खोल्साखोल्सीमा पनि भएकाले अलैँची खेती गर्दा फाइदै फाइदा छ ।” यहाँका ग्रामीण क्षेत्रका धेरै घरका करेसाबारीमा समेत अलैंँचीले ढाकेको छ । जेठ तेस्रो हप्तादेखि साउन पहिलो सातासम्म अलैंँचीको बिरुवा रोप्ने गरिन्छ । सोही समयमा अलैँची खेती गरेका यहाँका किसानको अलैँची अहिले ढकमक्क परेको छ । यहाँका किसानले लगाएको अलैँची खेतीले गाउँ घरका खोल्साखोल्सी पनि रमाइलो भएको केआइसिंह –२ का शेरबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “शुरु शुरुमा के अलैँची होला सोचेका थियौँ, अहिले त ढकमक्क भएर यहाँको शोभा नै बढाएको छ ।” यहाँका किसानले पूर्वी नेपालका इलाम, ताप्लेजुङलगायत ठाउँबाट अलँैचीका बिरुवा ल्याएर खेती गर्न थालेको स्थानीय किसान बताउँछन् । डोटीमा पहिलो पटक किसानले अलैँची लगाएर व्यावसायिक खेती गर्न थालेका हुन् । यहाँका किसानले सयौँ रोपनी खेतमा अलैँची लगाएको बताइएको छ । अलैँचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि किसान भने चिन्तित भएका छन् । पछिल्लो समय डोटीका किसानले व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेपछि यहाँका बाँझा तथा खोल्सा परेका जमीन कामलायक हुन थालेको बडीकेदार गाउँपालिका १ बिपी नगरका लोकेन्द्र छेडालले बताउनुभयो । उहाँले भन्नुभयो, “काम नलाग्ने भनेर छोडिएका जमीन पनि अलैँची खेती गरिन थालेपछि सदुपयोग भएको छ ।” असिनाले गहुँ र तरकारीमा क्षति जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारी बालीमा नोक्सानी गरेको छ । सोमबार साँझ परेको असिनाले बडिकेदार, बोगटान, जोरायल, केआइ सिंह, सायल, पूर्वीचौकीलगायत गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकाका सयौँ रोपनी खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पु¥याएको सायल गाउँपालिकाका माधव ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान घाम लागेको थियो, साँझ एकाएक असिना प¥यो हाम्रो त गहुँखेती, तोरीबाली र तरकारी बाली सखाप पा¥यो ।” गत महिना बाक्लो हिमपात भएका कारण गहुँलगायत अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति पु¥याएपछि निराश भएका छन् । असिनाले किसानले लगाएका तरकारीलगायत टमाटर खेतीमा समेत नोक्सानी पु¥याएको बताइएको छ । डोटीमा यस पटकसहित दुई चोटि वर्षासहित असिना परेको छ ।
Categorized in राष्ट्रिय