STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण १९, शुक्रबार

युवा गायक अरमान तामाङको र्‍याप गीत ‘भावना’ शुक्रबार सार्वजनिक गरिएको छ ।  काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताउनुभयो । उहाँले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गर्नुभयो । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको बताउनुभयो ।

अरमानको स्वर रहेको गीतमा संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोमा अरमानलाई रिया लामाले अभिनयमा साथ दिनुभएको छ ।

दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोमा विजेश पौडेलको सम्पादन रहेको छ । पुष्कर खत्रीको मिक्सिङ मास्टरिङ रहेको गीत फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

भिडियोका बारेमा आफ्नो विचार राख्ने क्रममा निर्देशक पाख्रिनले पछिल्लो समय र्‍यापमा युवापुस्ताको क्रेजलाई पछ्याउँदै अरमानले राम्रो प्रयास गरेको बताउनुभयो । आफ्नो पहिलो प्रयासलाई सबैले माया गरिदिन अरमानले आग्रह गर्नुभयो । त्यस्तै संगीतकार विनोद ढकालले र्यापमा आउने नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

सार्वजनिक गरिएको गीतको भिडियोमा समाजमा कुलतमा फसेकालाई घृणा हैन माया गरौँ, उनीहरूको भावनालाई बुझौँ भन्ने सन्देश दिन खोजिएको छ । कार्यक्रममा बुलेट फ्लो र डिबी द रियलको प्रस्तुतिसमेत राखिएको थियो । सो अवसरमा भिडियोको टिमलाई प्रमुख अतिथिबाट मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

 

भिडियोको लागि यस लिंकमा क्लिक गर्नुहोस्

Categorized in साहित्य-कला