STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अरनिको राजमार्ग एकतर्फी सञ्चालन

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २५, मंगलबार

असार स् पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकामा बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Categorized in राष्ट्रिय