STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १०, आइतबार

सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो । मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपिकरण गरी अमेरिकी काँग्रेसमा प्रस्तुत गर्ने अंशबारे निर्णय लिने बताइएको छ । मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलाइएको न्याय विभागका अधिकारीलाई उद्धृत गर्दै सिएनएनले दिएको समाचारमा उल्लेख छ । विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका छ जना पूर्व सहयोगी तथा दर्जनौँ रुसी अधिकारीविरुद्ध यसअघि नै आरोप लगाउनुभएको थियो । महान्यायाधीवक्ता विलियमले काँग्रेसका नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा यहि सप्ताहन्तमा पेश गर्ने जनाउनु भएको छ । मुलरले २२ महिनापछि प्रतिवेदन पेश गर्नुभएको हो ।
Categorized in अन्तर्राष्ट्रिय