STC 810x100 adv
janswastha 11 11 78

अमेरिकामा इही कर्म सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण ३१, मंगलबार

 नेवार समुदायका कन्याहरु रजस्वला हुनुपूर्व परम्परागत इही  कर्म गर्ने चलन अनुसार गरिने विशेष पूजा अमेरिकाको नेवाः गुठी न्युयोर्कको आयोजनामा सम्पन्न गरेको छ । गुठीले बर्षेनी गर्दै आएको यो पाँचौ संस्करण हो । यस पटकको इही कर्ममा ७ जना बालिका सहभागी भएका थिए । जसमा ९ वर्षीय किअरा किअरा ताम्राकार, ९ वर्षीय रुविशा श्रेष्ठ,,  ९ वर्षीय रुविशा श्रेष्ठ, ८ वर्षीय सनया कारन्जित, ९ वर्षीय श्रीशा श्रेष्ठ , ९ वर्षीय अन्याकिरण श्रेष्ठ, ६ वर्षीय नोभा अमात्य र ६ वर्षीय आर्या अमात्य लगायत रहेका थिए ।

सो इहि कर्म कार्यक्रम बासव राजपाध्यायले धार्मिक विधि र परम्परा अनुसार गर्नुभएको थियो । अति नै गाह्रो उक्त कार्य सम्पन्न गर्न दिनभरि लागेको थियो । नेवाः गुठीका कोषाध्यक्ष हृदय तुलाधरका अनुसार यस पटकको इही कार्यमा विशेषगरी मेक्सिको, वासिङ्टन डीसीलगायतका स्थानबाट सहभागिता जनाइएको थियो । उक्त कार्यको सम्पूर्ण व्यवस्थापन गुठी परिवारका निर्मल चित्रकार, हृदय तुलाधर, कविनासिंह महर्जन  र कृष्णा महर्जन लगायतले गरेका थिए । यस कार्यक्रममा अनिता नकर्मि,जमुना कपालि र रज्जु लोहनि चित्रकार लगायत स्वयंसेवक का रुपमा  सहभागी भएका थिए ।

Categorized in राष्ट्रिय
Newa Online Adv