STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अमेरिकाबाट आयो होलि गीतको म्युजिक भिडियो

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २७, बिहिबार

होलिलाई रसरङ्ग र उमङ्गको उत्सव मानिन्छ भने  नेपालको सांगितिक क्षेत्रमा होलिको बेग्लै महत्व रहँदै अाएको छ । यसै क्रममा होलिलाई दृष्टिगत गर्दै प्रवासमा रहँदै आउनु भएका गीतकार कमला न्यौपाने ले रचना गर्नु भएको एउटा नयाँ गीत " होलि रङ्ग होलि  "को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

साहित्यकारका रुपमा पृथक पहिचान बनाउनु भएका कवियत्रि न्यौपाने का गीत , मुक्तक , गजल र कविता प्रकाशमा ल्याइरहनु भएका गीतकार हुनु हुन्छ ।

गीतकार न्यौपाने को यस होलि गीतलाई गायिका मेलिना राई र अनुप रेग्मीले स्वर दिनु भएको छ भने अमेरिकामा रहँदै आउनु भएका संगीतकार येदिन गजमेरले संगीत सृजना गर्नु भएको छ ।

अमेरिकामा रहँदै आएका नेपालीहरुद्वारा सन्चालित युट्युब नौलो डिजिटल मार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो को छायाँकन बुद्ध थापा , सम्पादन बिकास दाहाल र निर्देशन प्रकाश धितालको रहेको यो  गीतमा   जीवन भट्टराई, कमल सिंह  र रिचा थापाको अभिनय रहेको छ भने यो समेत गीतकार कमला न्यौपाने रचित ६ वटा गीत रहेको सांगितिक एल्बम " तरङ्ग " ले संगीत बजारमा एउटा तरङ्ग ल्याएको कुरा यहाँ उल्लेखनीय हुन आउँछ ।

Categorized in साहित्य-कला