STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमरकोशको दोस्रो संस्करण प्रकाशित

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २२, बिहिबार

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक महत्वको ग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशन गरेको छ ।

विद्वद्वरामरसिंहविररचितः  ‘अमरकोशः’ ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशन भएको हो ।

सो ग्रन्थको प्रथम संस्करण साहित्यकार बालकृष्ण सम प्रतिष्ठानमा उपकुलपति भएका बेला विसं २०२६ मा प्रकाशन भएको थियो ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले महत्त्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनः प्रकाशन गर्ने नीतिअनुसार पं कुलचन्द्र शर्मा गौतम टीकाकार रहनुभएको ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले यस ग्रन्थबाट भाषा र कोशविज्ञानका अनुसन्धाताका साथै अन्य विषयका अध्येतासमेत लाभान्वित हुने बताउनुभयो ।

जम्मा ६८८ पृष्ठको ‘अमरकोशः’को मूल्य रु ७८०  छ । प्रतिष्ठानले आफ्ना कृतिहरु सातै प्रदेशमा बिक्रीवितरणका लागि मकालु प्रकाशनलाई अख्तियारी दिएको छ ।

Categorized in साहित्य-कला