STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिलेखालयमा जनशक्ति अभाव

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १८, सोमबार

कार्यालयको स्तरोन्नति भएको आठ महीना बित्दासमेत जनशक्ति कम हुँदा राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई हुन थालेको छ । गत साउनमा अभिलेखालयको विभागस्तरमा स्तरोन्नति भएको थियो । त्यसअघिसम्म पुरातत्व विभागअन्तर्गत अभिलेखालय थियो । साउनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सिधँै हेर्न थालेको हो । अभिलेखालयको वेवसाइटमा भने अझै विभाग अन्तर्गत नै कार्यालय रहेको उल्लेख छ । विभाग अन्तर्गत हुँदा ३७ जनाको दरबन्दी रहेको अभिलेखालयमा स्तरोन्नति भएपछि भने २० मा झरेको छ । सङ्घीय संरचनामा गएका कारण कर्मचारीको दरबन्दी घट्दै गएको जानकारी पाइएको अभिलेख शाखा प्रमुख निरणकुमार राजवंशीले बताउनुभयो । राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतले नेतृत्व गर्नुपर्नेमा आठ महीनासम्म मन्त्रालयले सहसचिव समेत पठाउन सकेको छैन । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सहसचिवस्तरको कर्मचारी अभाव रहेकाले अभिलेखालयमा कामुको जिम्मेवारी दिइएको बताउनुभयो । जनशक्ति अभाव भएको बारेमा अभिलेखालयबाट लिखित वा मौखिक जानकारी नआएको उहाँले बताउनुभयो । असारअघि विभागले अभिलेखालयलाई हेर्ने गरेकामा हाल सिधै मन्त्रालयले हेर्ने गरेको छ । लिपि बुझ्ने जनशक्ति नहुँदा पुराना कर्मचारीलाई बोलाएर तथा बाहिरबाट बोलाएर काम चलाउनु परेको अभिलेखालयका अभिलेख शाखा प्रमुख राजवंशीले बताउनुभयो । अभिलेखालयमा १२ हजार हस्तलिखित, पोकाको हस्तलिखित ठेली ३८ हजार, हालसम्म दुई लाख पानाको माइक्रोफिल्म गरिएका ऐतिहासिक अभिलेख छन् । यी अभिलेख अध्ययनका लागि दैनिक पाँच÷छ जना अध्ययन अनुसन्धानका लागि आउने गरेका छन् ।
Categorized in राष्ट्रिय