relans
ni new 83
nib 2082 5

अभियुक्त तामाङ २० वर्षपछि पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १३, शुक्रबार

आफ्नै बच्चाको हत्या अभियोगमा २० वर्षदेखि फरार नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का ५६ वर्षीया वाङजोम तामाङलाई प्रहरीले आज पक्राउ गरेको छ । तामाङलाई प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि मकवानपुर पठाएको हो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार तामाङले विसं २०५६ भदौ २१ मा मकवानपुरमा रहँदा जन्माइएको बच्चाको हत्या गरेर फालेको अभियोगमा त्यहाँको जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । त्यसबेला अविवाहित तामाङले गर्भपतन गरेको, मृत बच्चा जन्माएको वा जन्माएर हत्या गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।
Categorized in अपराध-दुर्घटना
ppp 2