STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभियन्ताहरुको रिहाइको खुशीयालीमा मंगलबजारमा आज दीप प्रज्ज्वलन गरिने

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २६, शुक्रबार

काठमाडौं – बुंगःद्यःको रथयात्राको क्रममा पक्राउ परेका सम्पूर्ण सम्पदा अभियन्ताहरुको रिहाइपछि त्यसको खुशियाली मनाउन आज शुक्रबार पाटन दरबार स्क्वायरमा साँझ ६ बजे दीप प्रज्ज्वलन कार्यक्रम राखिएको छ । नेवार समुदाय एकताबद्ध भएर विभिन्न कार्यक्रमबाट दबाब दिएपश्चात् सम्पदा अभियन्ताहरु सबैलाई राज्यले हिजो साँझ रिहा गरेका थिए । सम्पूर्ण अभियन्ताहरुको रिहाइ गराउन सफल भएकोले नेवार समुदायले आज स्वतःस्फूर्त रुपमा पाटन मंगलबजारमा जम्मा भएर दीप प्रज्ज्वलनको कार्यक्रम राखेको छ । दीप प्रज्ज्वलन कार्यक्रममा अभियन्ताहरुको रिहाइको लागि आ–आफ्नो स्थानबाट सहयोग गर्नुहुने सबैमा धन्यवाद दिने कार्यक्रम पनि रहेको छ । सो दीप प्रज्ज्वलन कार्यक्रममा सम्पूर्ण सम्पदा तथा संस्कृतिप्रेमीका साथै सम्पूर्ण नेवार समुदायको उपस्थितिको लागि हार्दिक अनुरोध पनि गरिएको छ ।
Categorized in उपत्यका